Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपालमा कहिले आउँछ काेराेनाकाे खाेप?


    आइतबार, माघ ४ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्ला समय अमेरिका लगायत विभिन्न मुलुकमा काेराेना भाइरसविरूद्दकाे खाेप लगाउन सुरू भएपछि नेपाल खाेप कहिले आउला भनेर चर्चा बढेकाे छ।

    यसैक्रममा कोभ्याक्स फ्यासिलिटीले आगामी मार्च तथा अप्रिल (चैत/वैशाख)सम्ममा नेपालमा कोभिडविरुद्दको खोप नेपाल पठाउने बताएको छ।

    कोभ्याक्सले गतसाता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको हो। कोभ्याक्सको उक्त पत्रका आधारमा अझै नेपालमा तीन महिना नेपालमा कोभिड भ्याक्सिन नआउने देखिएको हो।

    कोभ्याक्स कोभिड खोप सबै धनी गरिब देशले  बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफ लगायतका संस्था मिलेर बनेको एलाइन्स हो।

    कोभ्याक्सले नेपाललाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निशुल्क उपलब्ध गराउने प्रतिवद्दता गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले कुन खोप पठाउने छ भन्नेबारे खुलाएको छैन।  तर त्यसका लागि तयारी पुरा गर्न कोभ्याक्सले पत्र पठाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार