काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए । ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उनले भने ।
४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरे । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताए ।
अबको पार्टी कामको दिशा युवाको बिचमा पार्टीलाई लैजाने भएको उनले जनाए । देशका मतदाताको ठुलो हिस्सा युवा भएकोले युवाको बिचमा पार्टी जानु पर्ने उनको धारणा छ । युवा परिचालनको विशेष योजना बनाएर काम गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन । उनले पार्टीको पक्षमा निष्ठाका साथ उभिन पनि नेताहरुलाई आग्रह गरे। पार्टी माथि चौतर्फी आक्रमण भएको बेलो त्यसका विरुद्ध सबै एक ठाउँमा उभिनु पर्ने पोखरेलको धारणा छ ।
नेकपा एमालेलाई पटक पटक विभाजन प्रयास गरिएको बताउँदै उनले ती सबै समस्यासँग जुध्दै एमालेलाई फेरी जनताको रोजाइको सबैभन्दा पहिला पार्टी बनाइएको पोखरेलले जिकिर गरेका छन । जनताको रोजाइको पहिलो पार्टी भए पनि एक्लै सरकार चलाउन सक्ने सामर्थ्य एमालेले जुटाउन नसकेको उनको भनाइ छ । २०८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उनको धारणा छ ।
अहिले दुईवटा ठुला पार्टी मिलेर मुलुकलाई संकटबाट निकाल्ने प्रयास गरिरहेका पोखरेलले बताउनुभयो । दुई ठुला पार्टी मिलेपछि देश आर्थिक सञ्चिति र विकासको हिसाबले अघि बढेको पोखरेलले दाबी गरे ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend