Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात बुँदे सहमति सुहाउँदो नीति तथा कार्यक्रम आएन: कांग्रेस सहमहामन्त्री परियार


    बिहिबार, बैशाख २५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारका नीति तथा कार्यक्रमले सात बुँदे सहमतिलाई समेट्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् ।

    नीति तथा कार्यक्रमअन्तर्गतको बिहीबार ९आज० बसेको संसद् बैठकमा भाग लिएका परियारले यसमा सरकारको कमजोरी देखिएको बताएका हुन् ।

    ‘कता–कता हामीले आशा गरेअनुसार चाहिँस यो नीति तथा कार्यक्रममा केही कमजोरी भएको हो कि रु भन्ने पनि प्रश्न उठेको छ । नीति तथा कार्यक्रम संक्षिप्तमा आएको छ। यसले लागू गर्न सक्ने कुराहरूलाई बढी जोड गरेको छ, यो अत्यन्तै सकारात्मक छ । तर, केही कुराहरू यसमा दोहोरिएका पनि छन् । केही नयाँ पनि आएका छन् । यो मिश्रित खालको छ भनेर हामीले भन्दा फरक नपर्ला भन्ने छ,’ उनले भने ।

    उनले अगाडि भने, ‘सरकार गठन हुँदा समग्र देशका उद्योगी, व्यवसायी र आर्थिक क्षेत्रमा लागेका, बेरोजगार युवा–युवातीहरू सम्पूर्ण क्षेत्रका व्यक्तित्वहरू अत्यन्तै हर्षित थिए । अत्यन्तै खुसी थिए । एउटा बलियो सरकार आउने भयो, एउटा सुशासन दिन सक्ने सरकार आउने भयो भन्ने एउटा अभिलाषा पनि थियो । यसै सन्दर्भमा हामीले कांग्रेस र एमालेका बीचमा सात बुँदे सहमति गर्‍यौँ, त्यसभित्र आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने, मलुकभित्र पर्याप्त आन्तरिक रोजगारी सिर्जना गर्ने, आवश्यकताअनुसार अहिलेसम्मको अनुभवका आधारमा संविधान संशोधन गर्नेलगायतका महत्वपूर्ण विषयहरू हामीले दुई दलका बीचमा सहमति गरेका थियौँ । यसले एउटा ठूलो आशा हामीलाई जगाएको थियो ।’ तर, अहिले अपेक्षित नीति तथा कार्यक्रम नआएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार