Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सशस्त्रका घुमुवा सीमापारी कुटिए


    बिहिबार, बैशाख २५ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीमा कार्यरत एक सशस्त्र प्रहरीलाई भारतीय ब्यापारीले कुटेका छन् । जुन कुरा गुल्मले गुपचुप राखेको छ ।

    घटना ४ दिनअघि आइतबारको हो । डन्डा गुल्ममा कार्यरत हवल्दार बिक्रम जीसीलाई नेपालको सीमापारी भारततर्फ जाँदा केही ब्यापारीले कुटपिट गरेका थिए । लामो समयदेखि सादा पोशाकमा गुल्मबाट खटिएका घुमुवा जीसीले सीमा क्षेत्रमा सामान ओसारपसार गर्ने ब्यापारीहरुसँग असुली गर्दैआएका थिए । तिनैमध्येका स्कुटरमा कपडाको ओसारपसार गर्ने एक भारतीय ब्यापारीसँग पनि उनले नियमित रुपमा लाइन दिएका थिए । तर मासिक दररेट बढाउनका लागि दबाब दिंदैआएका जीसीले बैशाख १९ गते जीसीले ती ब्यापारीको सामानमात्र होइन, स्कुटीसमेत बरामद गरी भन्सार कार्यालय भैरहवामा बुझाइदिए । तिनै ब्यापारीले हवल्दार जीसी सीमापारी भारतर्फ गएको मौका छोपी आइतबार बैशाख २१ गते निर्घात कुटपिट गरेका थिए ।

    यसअघिका डन्डाका गुल्मपतिले पनि अतिरिक्त आम्दानीका लागि घुमुवाको रुपमा परिचालन गरेका थिए । जीसीलाई हालका डीएसपी प्रदीप बस्नेतले समेत घुमुवाका रुपमा खटाएका थिए । ती भारतीय ब्यापारीले नेपाल प्रहरी र सशस्त्रका घुमुवासँग लाइन मिलाएर तस्करी गर्दैआएका थिए ।

    स्रोतका अनुुसार घुमुवा जीसी तस्करहरुसँग सेटिङको भुक्तानी लिन हरेक हप्ता सीमापारी जाने गरेका थिए । तस्करको कुटाइ खाएका घुमुवा जीसी घाइते अवस्थामा नेपाल आएर उपचार गरी ब्यारेकमा आराम गरिरहेका छन् । गुल्मपति डीएसपीलाई बाहेक घ्ुमुवाले कुटाइ खाएको बिषय रुपन्देहीको २७ नम्बर गणका एसपी मेखराज जोशीलाई समेत जानकारी नभएको बताइन्छ ।

    सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले नै जीसीलाई लामो समयदेखि घुमुवाको रुपमा राख्न भूमिका खेलेका थिए । सशस्त्र प्रहरी बलको कमाण्ड राजु अर्यालले गरेपछि तराईका जिल्लामा सादा पोशाकमा खटिएका घुमुवालाई मुख्यालयदेखि विभिन्न गुल्म, गण र बाहिनीमा बर्दी लगाएरै ड्युटीमा खटाइए पनि जीसी जस्ता केहीलाई मुख्यालयबाटै रेग्मीले संरक्षण गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार