Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • २ लाख घुससहित अदालतका कम्प्युटर अप्रेटर पक्राउ


    बुधबार, बैशाख २४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर रामलखन बनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित बुधबार राति नियन्त्रणमा लिएको छ ।

    लागूऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाइदिन सहजीकरण गर्ने भनी घुस माग गरिरहेकोसूचना एवं उजुरीका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिएको टोलीले बनियालाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले बुधबार राति जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    २ लाख घुससहित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट कम्प्युटर अप्रेटर बानियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार