Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई प्राध्यापकहरुको प्रश्नः बैसाखसम्म मात्र प्रधानमन्त्री बन्न ओलीले संसद विघटन गरेका होलान् ?


    आइतबार, माघ ४ २०७७
    610
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा बिघटनमा कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाको उनकै पार्टीभित्र बिरोध भइरहेको छ ।

    बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले चुनाव गराउनेगरी प्रतिनिधिसभा बिघटन नगरेकाले नेकपा प्रचण्ड–माधव नेपाल समूह लगायतका पार्टीसँग मिलेर संयुक्त आन्दोलनमा जानुपर्ने धारणा राख्दैआएका छन् ।  तर देउवा भने चुनाव भएमा नेकपा विभाजनको फाइदा कांग्रेसले लिनसक्ने भएकाले संसद पुनस्र्थापनाको एजेन्डामा जान तयार भएका छैनन् । सहर केन्द्रित आन्दोलन गर्नुपर्नेमा उनी गाउँ र वडा केन्द्रित आन्दोलनतिर लागेकाले पनि देउवा–ओली साँठगाँठलाई पुष्टि गर्दैलगेको छ ।

    यसैबीच, नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले ओलीले गरेको प्रतिनिधिसभा बिघटनका बारेमा बहस गर्दैआएको छ । बहसमा बरिष्ठ अधिवक्ता हरिहर दाहालले त ओलीले अब प्रदेश सभा पनि बिघटन गर्ने र प्रतिनिधिसभा होइन, हिन्दू धर्मको बारेमा पनि जनमत संग्रह गर्ने भित्री तयारी गरेको खुलासा गरेका छन् । प्राध्यापक संघले सुरु गरेको बहसमा कांग्रेस सभापति देउवाले आफूमाथि विगतमा ओलीले गरेको अपमान समेत भुलेको बिषयमा चर्चा हुने गरेको छ । ओलीले प्रधानमन्त्री हुँदाका दिनदेखि देउवामाथि गरेका अपमानका मुख्य बुँदा नै उल्लेख गरी प्राध्यापकहरुले उनलाई जिज्ञासा राखेका छन् । र, देउवासँग जवाफ मागेका छन् ।

    १. ओलीको संसद विघटन सिफारिस वैधानिक कि अवैधानिक ? 

    २.अवैधानिक सिफारिस हो भने त्यही सिफारिसको निर्वाचन कसरी वैधानिक ? 

    ३. के ओलीले वैसाखमा चुनाव गराउँछन् ? देउवाजीलाई बैसाखमै चुनाव हुन्छ भन्ने विश्वास छ कि भ्रम ? 

    ४.अबको चुनावबाट के ओली प्रधानमन्त्री बन्ने सम्भावना बाँकी छ र ? छैन भने बैसाखसम्म मात्र प्रधानमन्त्री बन्न ओलीले संसद विघटन गरेका होलान् ? 

    ५. जिम्मेवार पार्टीको नेताले समयलाई समयमै बुझुन ।

    ६. २०५९ मा अदालतले संसदलाई न्याय गरेन, जनताले संसदलाई ब्युँताईमात्र दिएनन, संसदलाई न्याय दिन नसक्ने तत्कालीन व्यवस्था र न्यायालयकै संरचना पनि जनताले बदली दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार