काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रष्ट पारेकी छिन् ।सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि गोलबद्ध हुन आह्वानसमेत गरिन् ।
‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौं,’ मन्त्री राणाले भनिन्। यसैगरी अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागतरुपमा किनारा लगाउँदै जाने उनले प्रतिबद्धता जनाइन् ।
मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभई संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन् ।
सो अवसरमा मन्त्रालयका सचिव अमृत बहादुर राईले वर्तमान कार्यसमितिलाई बधाई दिँदै सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए । साथै उनले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको उल्लेख गरे । उनले विभिन्न ठाउँका समस्याका बारेमा आपसी छलफलमार्फत समाधान गर्ने बताए । यसैगरी एनआरएन ऐनका विषयमा सुझाव दिन पनि सचिव राईले अनुरोध गरे ।
संघका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठले एकता अधिवेशन सम्पन्न गर्न परराष्ट्र मन्त्री देउवा, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि मन्त्रालयको साथ र सहयोग लिएर अघि बढ्ने बताए ।
हतारमा भन्दा पनि सबै कुराहरु सोच विचार गरेर मात्रै आफ्नो कार्यसमिति अघि बढ्ने उनले बताए । एनआरएनभित्रका विवादहरू समाधानका लागि सल्लाहकार बोर्डको आवश्यकता रहेको उनले बताए । अध्यक्ष श्रेष्ठले नेपालको विकासमा साझेदार बन्न एनआरएनए सधैँ तयार रहेको पनि जनाएका छन् ।
एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले तिता कुराहरू बिर्सिएर अघि बढ्दा मात्रै सबैले सफलता पाउने बताए । संसारकै ठूलो सङ्गठनको रूपमा रहेको एनआरएनबाट सरकारले पनि लाभ लिन सक्ने उनले उल्लेख गरे ।
एनआरएनए अभियन्ता आरके शर्माले एकताको पहलका लागि मन्त्री राणालाई धन्यवाद दिँदै आगामी दिनमा कुनै पनि विषयवस्तुमा छलफल गर्न आफूहरू तयार रहेको बताए । उनले मध्यपूर्वका समस्याहरूलाई सम्बोधन गर्नका लागि विशेष आग्रह पनि गरे ।
उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैको साथ र सहयोगले एकताको अधिवेशन गराउन सकिएको बताए । उनले बृहत् एकताका लागि नव निर्वाचित कार्यसमितिले काम गर्ने र आफू सघाउन तयार रहेको बताए ।
उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले एकता महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको जानकारी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई गराइसकेको बताइन् । उनले अहिलेको झन्झटबाट चाँडो मुक्त हुने वातावरण बनाउन सबैलाई आग्रह गरिन् ।
सोही अवसरमा उच्चस्तरीय समितिका सदस्य कुँवर तथा सदस्यसचिव गुरुङले उक्त रिपोर्ट परराष्ट्र मन्त्री राणालाई पनि हस्तान्तरण गरेका थिए ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend