Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • जमिन भास्सिएर गाडी बेपत्ता भएको घटनास्थल पुगेर भूगर्भविद्को टोलीले थाल्यो अनुसन्धान


    मंगलबार, बैशाख २३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको शुक्रबार जमिनमा भास्सिएर गाडी बेपत्ता भएको घटनाको अनुसन्धान गर्न भूगर्भविद्को टोली हेटौँडा पुगेको छ। भूगर्भविद् नारायण अघिकारी र कृष्ण पाण्डेसहितको टोली आज बिहान घटनास्थलमा पुगेको हो।

    हेटौँडा उपमहानगरपालिका–१७ गौरीगाउँ भन्ने स्थानमा सडकमै बनेको पानीसहितको खाडलमा दबिएर एउटा गाडी बेपत्ता भएको थियो ।स्थानीयले माछा पालन गर्दै आएको पोखरीको छेउबाट बनाइएको कच्ची सडकको हिलोमा फसेको ना।४ च ४८३३ नम्बरको डीआई गाडी गएको शुक्रबार साँझदेखि नै बेपत्ता छ।

    हिलोमा फसेको गाडी निकाल्ने क्रममा अचानक खाल्टोमै दबिएर बेपत्ता भएको चालकले बताएका छन्। माछाको दाना लिन हेटौँडा बजारतर्फ आउँदै गरेको गाडी खाल्टोमा दबिएर बेपत्ता भएको हो। दुईदिन खोजी गर्दा पनि गाडी फेला नपरेको
    जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    उक्त गाडीमा चालक र सहचालक सवार थिए। गाडी हिलोमा दबिँदै गएपछि उनीहरुले गाडीबाट निस्किएर ज्यान जोगाएका थिए। हिलोमा फसेको गाडी ५ सेकेन्डकै बीचमा खाल्टोमै हराएको उनीहरुले बताउँदै आएका छन्।

    ‘गाडी भासिनुअघि भूकम्प आएझैँ जमिन थर्कियो, तालका माछा उफ्रिन थाले’ हेर्दाहेर्दै खाल्डोमै बिलायो गाडी, चालक र सहचालकले भागेर ज्यान जोगाएको बताउछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार