Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • तराई मधेस अभियान सकेको माओवादी अब पहाड उक्लने


    आइतबार, बैशाख २१ २०८२
    760
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । तराइ मधेस केन्द्रित अभियान चलाएको नेकपा माओवादी केन्द्र अब पहाड उक्लने भएको छ ।

    तराइ मधेस हुलाकी राजमार्ग केन्द्रित अभियान चलाएको माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्न लागेको हो ।

    आइतबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    ‘मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छौं, अभियानको फुलफेज कार्यक्रम बन्न बाँकी नै छ । आजको बैठकले हुलाकी मार्ग केन्द्रित जागरण अभियानबारे समीक्षा गरेको थियो, जो सोचेभन्दा बढी अभियान सफल भएको हामीले निष्कर्ष निकालेको छौं,’ उनले भने ।

    उनका अनुसार गत पुस २३ गते सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरे पनि पहाड केन्द्रित आन्दोलनको मिति तय भने गरेको थिएन । आजको बैठकले जेठ २ गतेवाट अभियान सुरू गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

    गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान गत वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार