Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गरिने


    शुक्रबार, बैशाख १९ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको नीति तथा कार्यक्रममा भूमिको समुचित उपयोग गर्ने व्यवस्थासहितको विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ।

    साथै भू-उपयोग योजना कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

    सरकारले केही समयअघि एकै पटक ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश भने ६० दिनसम्म संसदमा अघि नबढेपछि स्वतः निष्क्रिय भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार