Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रिसा साह मृत्यु घटनाबारे अनुसन्धान भइरहेको भारतीय विदेश मन्त्रालयको दावी


    शुक्रबार, बैशाख १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले गहिरो शोक व्यक्त गरेको छ । मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘यो दुखद घटनाको जानकारी प्राप्त भएदेखि नै भारतीय विदेश मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। ओडिसा सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ, र प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ।’

    भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्रालयले भनेको छ,’हामी नेपाली अधिकारीहरू, ओडिसा सरकार र केआईआईटी प्रशासनसँग निरन्तर समन्वयमा छौँ।’

    वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीया प्रिसा शाह किटमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको खबर प्राप्त भएलगत्तै भूवनेश्वर प्रहरीका वरिष्ठ अधिकारीहरू र फरेनसिक टोली घटनास्थलमा पुगेका थिए । शवलाई अस्पताल पठाइएको छ, र घटनास्थललाई प्रहरीले सुरक्षित राखेको छ । शाहको बुबा भूवनेश्वर पुगेपछि मात्र पोस्टमार्टम गरिने बताइएको छ ।

    यसअघि फागुन २०२४ मा पनि केआईआईटीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। उनले एक युवकबाट मानसिक यातना भोगिरहेको भन्दै पटक(पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर, उजुरीको सुनुवाइ नहुँदा उनले ज्यान गुमाउनुपरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार