Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रिसा साह मृत्यु प्रकरण: केआईआईटीका प्रतिनिधिलाई नेपाली दूतावासमा बोलाएर छलफल


    शुक्रबार, बैशाख १९ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको प्रकरणमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ।

    दूतावासले शुक्रबार विज्ञिप्ति जारी गर्दै घटनाबारे उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरुसंग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ।

    त्यस्तै कलेजका प्रतिनिधिहरुलाई आज बिहान दूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको बताइएको छ। नेपाली विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहीबार रातीमात्रै थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै मृतकका परिवारसँग पनि निरन्तर सम्पर्क गरिरहेको दूतावासले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार