Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेतृ बबी सिंहले पड्काएको पेस्तोल बरामद, घटना सर्लाहीको रहेको खुलासा


    बिहिबार, बैशाख १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादव पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ । उक्त पेस्तोल सर्लाही प्रहरीले केहीबेर अघिमात्रै बरामद गरेको हो ।

    उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीले जनाएको छ । नेृत सिंहले १२ वैशाखमा पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले उक्त पेस्तोल बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

    सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की सिंहलाई भने सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी छिन् । उनले आफुले पड्काएको पेस्तोल खेलौना भएको बताएकी छन् ।

    नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

    उक्त पेस्तोलबाट फायर हुने भन्दा पनि ग्यास मात्रै पड्किने किसिमको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार