Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संयुक्त आयोगको वैठकमा सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत


    बिहिबार, माघ १ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबादेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको वैठकमा सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत भारतले गरेको छ ।

    परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली ओर्लेको केही घन्टामा भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन् ।

    पत्रकार सम्मेलनमा उनलाई के वैठकमा सीमा विवादबारे कुराकानी हुन्छ ? भनी सोधिएको थियो ।  जवाफमा उनले भने,‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’

    भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा दुई देशका परराष्ट्र सचिव स्तरीय संयन्त्रको गठन भएको र त्यसैले छलफल गर्ने बताउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार