काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन्।
।
अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका छन्। उनले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताए। उनकाअनुसार त्यतिबेला अस्पतालहरूले बिमा बोर्डबाट पाउनुपर्ने बक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो।
उनले बक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बिमा कसरी चल्छरु भन्दै प्रश्न गरे। उनले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताए। गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ बक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारे।
उनले भने, ‘गत आर्थिक वर्षमा निवर्तमान अर्थमन्त्रीज्यूले गत आर्थिक वर्ष २०८०र८१ काल लागि बिमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनु भयो। उहाँले जुन बेला यो बोलि बोल्नुभयो त्यो बेला बिमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बक्यौता १६ अर्ब थियो। अब बक्यौता तिर्नेगरी पनि बजेट विनियोजन नहुने हो भने यो बिमा कसरी चल्छरु गत आर्थिक वर्षको बजेट र चालु आर्थिक वर्षको लागत तिर्नेगरी यो वर्ष बजेटमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न जरुरी छ।’
उनले भने, ‘एक महिनाको खर्च दुई अर्ब आउँछ भन्ने हिसाव। त्यसआधारमा १२ महिनाको २४ अर्ब आउँछ। गएको आर्थिक वर्षको बक्यौता १३ अर्ब छ। त्यो समेत लगाउँदा ३७ अर्ब भयो। बिमा बोर्ड पनि चल्नुपर्ने होला नि। त्यसकारण ४० अर्बको हारहारीमा बजेट छुट्याउन जरुरी छ। त्यसकारण मैले प्रष्टसँग भनेको छु। ४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बिमा चल्छ।’
सरकारको लगानी र नागरिकको योगदानबाट बिमा बोर्ड चलाउनुपर्ने उनको भनाइ छ। उनले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बिमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गरे।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend