काठमाडौं । प्रतिनिधि सभाले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ, जसअन्तर्गत एकैपटक ७९ वटा ऐन संशोधन र २ वटा ऐन खारेज गरिनेछ । मङ्गलवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गरेको हो ।
उक्त विधेयक पूर्वमन्त्री धनराज गुरुङको कार्यकालमा तयार पारिएको हो । २६ वैशाख २०८० मा प्रतिनिधि सभामा दर्ता भएको विधेयक २९ भदौमा विषयगत समितिमा पठाइएको थियो र १४ वैशाख २०८१ मा सभामा पुनः पेस भएको थियो ।
अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ । त्यहाँबाट पारित भइसकेपछि पुनः प्रतिनिधि सभामा फिर्ता ल्याइनेछ, र अन्ततः राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश गरिनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपश्चात् यो ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।
यस विधेयकमार्फत २०१२ सालदेखि २०८० सालसम्मका विभिन्न कानुनमा व्यापक संशोधन हुनेछ । संशोधित ऐनहरूमा प्रहरी ऐन २०१२, गैरसैनिक हवाई उडान ऐन २०१५, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८, पर्यटन ऐन २०३५, विद्युत ऐन २०४९, प्रेस काउन्सिल ऐन २०४८, नेपाल विद्युत प्राधिकरण ऐन २०४१, सवारी तथा यातायात व्यवस्था ऐन २०४९, विशेष अदालत ऐन २०५९, सार्वजनिक खरिद ऐन २०६३, वैदेशिक रोजगार ऐन २०६४, राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८, विपद् व्यवस्थापन ऐन २०७४, वातावरण संरक्षण ऐन २०७६, बीमा ऐन २०७९ लगायत छन् ।
साथै, यो विधेयक कार्यान्वयनमा आएपछि दुई ऐन । रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन २०२० र गरिबी निवारण कोष ऐन २०६३ पूर्ण रूपमा खारेज हुनेछन् ।
यो विधेयक नेपालमा कानुनी सुधारतर्फको एक ऐतिहासिक कदमका रूपमा हेरिएको छ, जसले पुराना, बेमौसमी तथा परस्पर दोहोरोपन भएका कानुनहरूलाई अद्यावधिक र समायोजन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend