Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नीति तथा कार्यक्रम १९ वैशाखमा आउनेबारे सभामुखले गराए जानकारी


    मंगलबार, बैशाख १६ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ ।

    यससम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकमा जानकारी गराएका हुन् ।

    सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

    आगामी १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

    त्यसदिनको बैठकमा सहभागी हुँदा राष्ट्रिय पोसाकमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । यसबारे सभामुख घिमिरेले संसद्मा जानकारी गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार