काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारी विद्यालय पढ्ने गरिबका छोराछोरी पढ्नबाट वञ्चित भएको बताएका छन् । शिक्षकदेखि विद्यार्थी आन्दोलनसम्मको नाममा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू मारमा परिरहेको बताएका हुन् ।
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले धनीका छोराछोरी आरामले अहिले पनि महँगो स्कुलमा पढ्न पाइरहेको भए पनि गरिबका छोराछोरीले शिक्षक आन्दोलनका कारण पढ्न नपाएको बताए ।
उनले लामो समयसम्म सरकारले एउटा शिक्षा ऐनसमेत ल्याउन नसकेको भन्दै आक्रोश पोखे । ‘पटक पटक सरकार फेरियो । जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु पनि दिवास्वप्न जस्तो भएको छ’, उनले भने, ‘सरकारले यो विषय हल गरोस् ।’ उनले विद्यालयमा कसैले पनि राजनीति गर्न नहुने समेत बताए ।
संसद्मा उनले सरकारी विद्यालयका विद्यार्थीको समस्याबारे एक कवितांश समेत पढेर सुनाएका थिए ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend