Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा


    मंगलबार, बैशाख १६ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ।

    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएको हो। थापाविरुद्ध गएको आइतबार अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो।

    अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दिएका हुन्।

    थापाले गएको बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा ‘सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ। हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

    उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको दाबी गर्दै कारबाहीको मागसहित शुक्रबार निवेदन पेस भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार