Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरमा गुडिरहेको टिपरमा आगो लाग्यो


    सोमबार, बैशाख १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङमा गुडिरहेको टिपरमा आगो लागेको छ। केहीबेर अघि प्र १ – ०२–००१ ख ८५३१ नम्बरको टिपरको तार सर्ट भई आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

    उक्त टिपरमा विराटनगर १९ महेश राठी मिल छेउमा आगो लागेको थियो। आगोलागीको कारण थाहा नभएको प्रहरीले जनाएको छ।

    आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ। पछिल्लो समय गुडिरहेका सवारी साधनहरूमा आगो लाग्ने क्रम बढ्दै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार