Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • विप्लव समूहद्वारा नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक


    बिहिबार, माघ १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हाे।

    बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

    विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।

    biplov_20210114113345.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार