Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीकोले गरे बिदाइ


    आइतबार, बैशाख १४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।

    छत्याल सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले आइतबार असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् ।

    यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो ।

    बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए । नेपाल सरकारको आयोजनामा आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार