काठमाडौं । आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा २ दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडरअन्तर्गत पर्ने स्थानहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।
ललतिपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडरअन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ । त्यस्तनै, एकान्तकुनास्थित रिङ रोडको पोल स्थानान्तरणका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
यस्तै, काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका स्थानहरूमा पनि शनिबार विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
बबरमहल फिडर अन्तर्गत पर्ने खुल्ला मञ्च संगैं, सैनिक मञ्च हुदैं भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुल संगैं, महिलाजेल नजिकै टेलिकम अफिस हुदैं, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय सम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती स्थानमा के-२ स्विचिङमा मर्मत गर्नुपर्ने भएकाले फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
यसैगरी, असन फिडरअन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडी, मसला गल्लीको मोड सम्मका क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजारअगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेड सम्मका क्षेत्रहरूका पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
वीर हस्पिटल फिडरअन्तर्गत पर्ने वीर हस्पिटल, ट्रमा सेन्टर, वीर हस्पिटल आसपासका क्षेत्र, प्राधिकरण फिडर अन्तर्गत पर्ने ने।बि।प्रा। कम्पाउण्ड, कमलादी फिडर अन्तर्गत पर्ने घण्टाघर जाने मसजिद, कमलादी गणेशस्थान, हेरीटेज प्लाजा, मार्कोपोलो होटेल हुदैं, ज्योती विकास बैंक अगाडि,कमल पोखरी, नेपाल प्रज्ञाप्रतिष्ठान, काठमान्डु प्लाजा अगाडि पुरानो ज्योति विकास बैंक अगाडि सम्म, किंग्स वे फिडरअन्तर्गत जमल पुल अगाडि, विश्वज्योति हल एरिया, यलो प्यागोडा, अन्नपुर्ण होटेल भित्र सम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ८ बजेदिखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, बागबजार फिडर अन्तर्गत पर्ने भक्तपुर बसपार्क, बागबजार, पुतलीसडक चोक, पुरानो बसपार्क, शंकरदेव क्याम्पस एरिया, सिंहदरबार फिडर अन्तर्गत पर्ने प्रदशनी मार्ग, सेसु, पुलिस क्लब, पद्मोदय मोड क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने बिष्णुमती नदी पूर्व नयाँबजारबाट सोह्रखुटे ओरालो हुँदै म्हैपी मन्दिर पूर्व भाग मनाङे गेट, भ्याली कोल्ड स्टोर, बखतीपोखरी, इन्द्रायणी मन्दिर आसपास बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । काम तोकिएको समयभन्दा अगाडि सकिए निर्धारित समयअगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend