विराटनगर । झापामा आज शनिबार बिहान बस दुर्घटना हुँदा २३ जनाघाइते भएका छन् ।
दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको रात्रिबस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधे मिलनचोकमा पल्टिएको हो।
प्रहरीका अनुसार दुर्घटनामा बसका चालक झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिले बस्ने वर्ष ३८ का महेन्द्र कन्दङवा, अर्का चालक ओखलढुङगा मोलुङ गाउँपालिका-८ बस्ने वर्ष ३२ का दिलकुमार राई दुवै घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि बी एन्ड सी र बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend