Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने


    बिहिबार, माघ १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् ।

    महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ । राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार