Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सगरमाथा प्रकरणमा सुधीर चौधरीले माफी मागे


    बिहिबार, माघ १ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले सगरमाथा प्रकरणमा माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले सञ्चालन गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो ।

    चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो । यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनको भनाइ छ । उनले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए। साथै उनले भारत र नेपालमा जुन सरकार भए पनि राजनीति हुँदै गर्छ भन्दै त्यसले दुई देशबीच सम्बन्धमा समस्या नहुने बताएका छन्।

    सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेपछि त्यसको नेपालमा तीब्र विरोध भएको थियो। विभिन्न पत्रपत्रिकाले त्यसलाई मुख्य समाचार बनाएर बुधबार प्रकाशित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार