काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार परिवर्तनको संकेत गरेका छन्। उनले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै माओवादी केन्द्र सरकारमा जानुपर्ने परिस्थित आउन सक्ने बताएका हुन्।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार बेलुका वाईसीएल नेपालको पाचौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको बताए।
‘बिचौलियाहरू अहिले राष्ट्र बैंक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’ उनले भने ।
संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्याजस्ता सबै विषयमा सरकार असफल भएको आरोप उनले लगाए। ओली सरकारकै कारण व्यवस्थामा प्रश्न उठाउँदै प्रतिगमनकारीहरू सतहमा आएको जिकिर उनले गरे।
माओवादी केन्द्रका प्रभावशाली नेता पूर्वअर्थमन्त्री पुनले केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट ध्रुवीकरण सम्भव नरहेको बताए। तर एमालेभित्र राम्रा कम्युनिस्ट नेताहरू रहेको र अन्य कम्युनिस्ट घटकसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ। अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादीले अघि सारेको सामन्तवादविरुद्धको विचारले जितेको र देश त्यही बाटोमा हिँडेको दाबी उनले गरे।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend