काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको मागबारे जानकार भए पनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकारी लिएपछि मात्रै बोल्ने बताएका छन्।
शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षकहरूलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने बताए।
उनले भने, अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु। मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’
विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू २३ दिनदेखि आन्दोलनमा छन् ।
शिक्षकहरूको माग सम्बोधन गरेर शिक्षकहरूलाई विद्यालय फर्काउनुपर्ने उनीमाथि चुनौती रहेको छ ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको कार्यालय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend