Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ सय ७९ कोरोना काेराेना संक्रमित आइसियु र भेन्टिलेटरमा


    बुधबार, पुष २९ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल १ सय ७९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा १ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

    बागमती प्रदेशमा ५६ आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ५० आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३३ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार