काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागभित्र कर्मचारीहरुको ब्यापक फेरबदल गरिएको छ । बिभागका महानिर्देशक कुमार दाहालले आइतबार कर्मचारीहरुको आन्तरिक सरुवा गरेका हुन् । महानिर्देशक दाहालले बिभागमा काम गर्नसक्ने काबिल र क्षमतावानलाई ल्याउन खोजे पनि उद्योग मन्त्रालयको हस्तक्षेपका कारण नसकेको बताइन्छ ।
विगत केही बर्षदेखि ठप्प रहेको बजार अनुगमनलाई तीव्रता दिएका महानिर्देशक दाहाललाई सघाउ पुर्याउनेभन्दा पनि बर्षौदेखि कार्यरत र लाभतिर केन्द्रित हुनेहरु महत्वपूर्ण शाखामा लगिएको छ ।
बाणिज्य बिभागको महत्वपूर्ण मानिने अनुगमन शाखाको निर्देशकमा विवादास्पद उपसचिव जगदिश अर्याललाई ल्याइएको छ । अर्याल फर्म शाखाबाट त्यहाँ पुगेका हुन् । कमजोर नेतृत्व क्षमता भएका अर्याल आर्थिक मामिलामा पनि उत्तिकै कमजोर मानिन्छन् । अर्याललाई अनुगमन शाखाको नेतृत्वमा ल्याउनका लागि उद्योग मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्टले विशेष जोडबल नै गरेका थिए ।
भट्टकै कृपामा करोडपति शाखा अधिकृतका रुपमा परिचित विश्वराज दाहाललाई उद्योग मन्त्रालयबाट सरुवा गरेर बाणिज्य बिभागको अनुगमन शाखामा पुर्याइएको छ । दाहाल निर्वाचन आयोगको स्टोर शाखा सम्हालेर अकूत सम्पत्ति आर्जन गरी त्यहाँबाट उद्योग मन्त्रालयमा पुगेका थिए । उद्योगमा पनि स्टोर शाखा नै सम्हालेका थिए । भट्टको निगाहामा दाहाल अनुगमनमा पुगेका हुन् ।
त्यसैगरी, ५ बर्षदेखि बिभागमै एकछत्र राज गरेका शाखा अधिकृत लोकराज सुवेदी आयात निर्यात शाखाबाट अनुगमन शाखामा पुगेका छन् । सुवेदीले बाणिज्यमा आधा दशक रजगज गरेको रेकर्डबारे सामान्य प्रशासन मन्त्रालय र उद्योग मन्त्रालयले समेत भेउ पाउन सकेका छैनन् । आयात निर्यात शाखामा रहँदा दैनिक लाखौं घुस बुझ्दैआएका सुवेदीलाई ब्यापारी तह लाउने ठाउँमा लगेर पुरस्कृत गरिएको छ ।
त्यस्तै, फर्म शाखाबाट शाखा अधिकृतद्वय मंगल बिष्ट र रामचन्द्र ढकाललाई अनुगमनमा लगिएको छ । आयात निर्र्यातमा ५ बर्षदेखि नै कार्यरत नायबसुब्बा गोविन्द पराजुली पनि करोडपति शाखा अधिकृत बिश्वराज दाहाललाई सघाउन अनुगमनमा पुुगेका छन् । रातो गाडीका चालकका रुपमा चर्चित सवारीचालक हेमचन्द्र दाहाल जो अनुगमन शाखाको निर्देशकको भन्दा बढी हैकम जमाउँछन्, उनलाई भने सो शाखाबाट सरुवा गरिएको छैन ।
बिभागको भन्सारका रुपमा चिनिने आयात निर्यात शाखाको निर्देशकमा डिकबहादुर कार्कीलाई सरुवा गरिएको छ । शेखरबाबु कार्कीको अवकाशसँगै डिकबहादुरलाई अनुगमनबाट उक्त शाखाको नेतृत्वमा लगिएको छ । डिकबहादुरको सरुवा सामान्य प्रशासन
मन्त्रालयले केही महिनाअघि धनुषाको नगराइन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरेको भए पनि उनी रमाना नलिई बसिरहेका छन् । दरबन्दी नगराइनमै रहेका र सरुवा थमौती समेत नभएका कार्कीलाई महानिर्देशक दाहालले अझ महत्वपूर्ण शाखाको नेतृत्व दिएका छन् ।
त्यस्तै आयात निर्यातमै अनुगमनबाट शाखा अधिकृत गायत्रा श्रेष्ठ र प्रशासनबाट शाखा अधिकृत भोजराज श्रीपालीलाई आयात निर्यात शाखामा लगिएको छ । आयात निर्यातका शाखा अधिकृत प्रतिका रेग्मीलाई फर्म शाखामा, नयाँ दर्ताबाट
शाखा अधिकृत गंगा तिमल्सिनालाई नवीकरणमा, नासु तारानाथ निरौलालाई अनुगमनबाट फर्म शाखामा खटाइएको छ ।
प्रशासन शाखाका विवादास्पद उपसचिव भरत आचार्यले फर्म शाखाको समेत नेतृत्व गर्र्ने जिम्मेवारी पाएका छन् । प्रशासनमा रहँदा आयात निर्यात, अनुगमन, फर्म शाखाका कर्मचारीसँग घुस मागेर हैरान बनाउने र नदिने कर्मचारीलाई पँजनी गर्ने कार्यमा अग्रसर रहँदैआएका आचार्य महानिर्देशक दाहालसँग पनि घनिष्ट सम्बन्ध देखाउने गर्दछन् ।
विगत लामो समयदेखि अनुगमनमा रजगज गर्दैआएका शाखा अधिकृत नितु भट्टराई, उमा श्रेष्ठ र नासु सीता मिश्रको शाखा भने परिवर्तन गरिएको छैन । शाखा अधिकृत भट्टराई हाजिर गरी आफ्नै निजी काममा ब्यस्त हुँदा पनि प्रशासन शाखाका उपसचिव आचार्यले उनलाई छुट दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend