Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इस्टोनियाका प्रधानमन्त्रीद्वारा राजीनामा


    बुधबार, पुष २९ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इस्टोनियाका प्रधानमन्त्री जुरी रटासले राजीनामा दिएका छन्। सेन्टर पार्टीका प्रमुखसमेत रहेका रटासले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको इस्टोनिया वर्ल्डले उल्लेख गरेको छ ।

    जनवरी १२ मा सरकारी अधिकारीहरुले सेन्टर पार्टीका महासचिव मिहेल कर्बसहित ५ जना भ्रष्टाचारमा संलग्न भएको दाबी गरेका थिए।

    मिहेल कर्बले ३९ मिलियन युरोप ऋणको सट्टामा उद्योगीहरुसँग पार्टीलाई करोडौं रुपैयाँ सहयोग गर्न दबाब दिएको आरोप लगाइएको छ। उक्त कार्यका लागि सत्तारुढ गठबन्धन पार्टीहरुको सहमति चाहिने बताइएको छ ।

    आरोप लागेपछि कर्बले पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए। त्यसपटि बसेको पार्टीको बैठकबाट प्रधानमन्त्री जुरी रटासले समेत राजीनामा घोषणा गरेका हुन् । रटास सन् २०१६ नोभेम्बरदेखि प्रधानमन्त्री बनेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार