काठमाडौं । सुशासनको चर्को कुरा गर्दैआएका काठमाडांै महानगरपालिकाका मेयर बालेन साह सल्लाहकारले गरेका करोड करोडका सेटिङ र लेनदेनमा मौन रहँदैआएका छन् ।
बालेनको सल्लाहकार टीमको सेटिङ अनुसार चल्न नमान्ने कर्मचारी विगत ३ बर्षदेखि दण्डित भएर सरुवा हुने गर्दछन् । जसको शिकार कर्मचारीमात्र होइन, प्रमुख प्रशासकीय अधिकृतहरु हुँदैआएका छन् । पछिल्लो पटक बालेनको टीमको भ्रष्टाचारमा साथ नदिंदा सरोज गुरागाई तारो बनेका हुन् ।
पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरसँगको सेटिङ मिलाउन बालेनका सल्लाहकारहरु सन्तोष पाण्डे, सुनिल लम्साल, नवीन भण्डारी र पीए भूपदेव साहले मोलतोल गरेका थिए । ३० प्रतिशत गोल्डेन सेयर(विनालगानी)को डिल उनीहरुले गरेका थिए । त्यो डिल अनुसार लिन नपाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले सूचना पाए । आफ्नो नाममा समेत डिल गरेको सूचना पाएपछि गुरागाईले नक्सापास गरिदिए । डिल गरेको सेयरको कारोबार पूरा नहुँदै नक्सापास भएपछि सल्लाहकार र पीएहरु मुखमा आएको गाँस हरण गरेकोमा आक्रोशित भई बालेनलाई सरोजका बिरुद्ध उचाले ।
बालेनले यही सल्लाहकार र पीएको कुरा सुनेर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन विश्वासपात्र नगरप्रहरीका कामु एसएसपी राजुनाथ पाण्डेलाई आदेश दिए । भ्यूटावरमा भागबण्डा नमिलेकाले सरोजलाई भ्रष्टाचारको आरोप लगाएर डाम्ने कामब बालेनका सल्लाहकारको डिजाइनमा भएको महानगरका कर्मचारीदेखि वडाध्यक्षदेखि सबैलाई जानकारी छ ।
महानगरपालिकाका एक अधिकारीको प्रश्न छ, काठमाडौं भ्यूटावरको जस्तै मापदण्डबिपरीत निर्माण भएका नक्सालको हिल्टन होटल, बानेश्वर हाइटको गोल्यान टावर, लैनचौरको होटल शेराटनका नक्सापास कसरी गरियो ? भ्यूटावरमा भ्रष्टाचार भएको भनेर प्रमुख प्रशासकीय अधिकृतलाई हटाउने मेयर बालेनले मापदण्डबिपरीतका हिल्टन, गोल्यान टावर, होटल शेराटनको नक्सापासमा भ्रष्टाचार किन नदेखेको भन्ने प्रश्न उठाउन थालेका छन् । होटल शेराटनको नक्सापासको डिल गर्ने कार्य मेयर बालेनका सल्लाहकार स्मीत पोखरेलले गरेको स्रोत बताउँछ ।
महानगरका ती अधिकारी भन्छन्–भ्यूटावरको नक्सापासमा जस्तै यी तीनवटै संरचनामा बालेन र उनको सल्लाहकारबाट विवाद किन भएन ? बालेनका सल्लाहकार र पीएको टीमले पैसा खान पाए सुशासन हुने, उनीहरुलाई कबोल अनुसार नदिए भ्रष्टाचार हुने भाष्य खडा गर्न खोजिएको छ । बालेनको टीमले सेटिङ अनुसार घुस नपाएपछि भ्यूटावरको नक्सापास रोक्न खोजे, नसकेपछि कर्मचारीमाथि भ्रष्टाचारी ठहर गर्ने मत्स्यन्याय महानगरमा ३ बर्षदेखि हुँदैआएको छ ।
हाइटेन्सनमुनि भवन निर्माण, घुस लिएर नक्सापास
काठमाडौं महानगरपालिका वडा नम्बर १६ वडामा हाइटेन्सन तारमुनि बनेको घरको नक्सापास गरेको छ । बालेनकै सल्लाहकार र सहरी विकासका हाकिमहरु लागेर नक्सापास गरिएको छ । हाइटेन्सनमुनि कुनै संरचना निर्माण गर्न मिल्दैन, बसोबास गर्न नपाउने हुँदाहुँदै कसरी नक्सापास भएको छ ।
बालेन साहको विज्ञ भनिएको यो टीमले हाइटेन्सन तारमुनि कसरी नक्सापास गर्यो ? अख्तियारले किन खोज्दैन भन्ने प्रश्न उठेको छ । सहरी विकास बिभागका हरिश्चन्द्र लामिछाने, सल्लाहकार सन्तोष पाण्डेले कसरी र कुन कानुनमा टेकेर हाइटेन्सनमुनिको घरको नक्सापास गरे ? बालेनको टीममा बसेर यस्तो नांगो भ्रष्टाचार गर्दा पनि किन कारबाही हुँदैन ?
महानगरका एक वडाध्यक्षको प्रश्न छ–काठमाडौं टावरमा कर्मचारीलाई भ्रष्टाचारको आरोप लगाउने बालेनले हिल्टन, शेराटन, गोल्यान टावरमा करोडौं घुस लिएर नक्सापास गर्नेलाई भ्रष्टाचारी घोषणा गर्छन् कि गर्दैनन् ? हाइटेन्सन तारमुनि घर बनाउन नक्सापास गर्नेमाथि किन कारबाही गर्न नसकेका ?
मेयर बालेन साहलाई गुमराहमा राखेर महानगरका अन्य बिभागमा पनि भ्रष्टाचारमात्र होइन, आर्थिक उपद्रव नै मच्चाइएको छ । शिक्षा, समाजकल्याण विभाग र स्वास्थ्य बिभागभित्रका ठेक्कापट्टा, खरिद लगायतका सेटिङका काम जति सबै शैलेन्द्र झा र कुमार बेनले गर्दैआएका छन् । यी बिभागबाट भएका सबै खरिद र ठेक्कापट्टा सेटिङमै हुँदैआएका छन् ।
खाद्य परीक्षण र होटल–रेष्टुरेन्ट अनुगमनमा पनि उस्तै लुट
खाद्य परीक्षणदेखि होटल रेष्टुरेन्टको अनुगमनमा समेत राजुनाथ पाण्डेले अर्को ब्रम्हलुट गर्दैआएको आरोप छ । सल्लाकार सन्तोष पाण्डे, सुनिल लम्साल, भूपदेव साह र कुमार बेनले पाण्डेलाई खाद्य परीक्षण र होटल रेष्टुरेन्टको अनुगमनमा सेटिङमा परिचालन गरिरहेको स्रोत बताउँछ् ।
उल्लेखित सल्लाहकार र पीएकोे बैठकपछि राजु पाण्डे परिचालित हुने गरेका छन् । पाण्डेले पत्र काट्ने, धम्की दिने, यो भएन, ऊ भएन भनेर दिनुसम्म दुःख दिने गर्दछन् । पत्र काटेपछि सल्लाहकारको टीमसँग कुरा गर्नु भन्ने र पैसामा कुरा मिलेर बुझायो भने केही नहुने, नभए डोजर लाउने काम पाण्डेले गर्दैआएका छन् ।
महानगरका कर्मचारीले टेरेनन् भने खरिद एकाईका रामरतन साह, राजु पाण्डे र हरिश्चन्द्र लामिछानेलाई लगाएर तर्साउने गरिन्छ । प्रमुख प्रशासकीय अधिकृतप्रति उत्तरदायी हुनुपर्नेमा उनैलाई हाजिर हुनबाट रोक्न नगर प्रहरीको फोर्स तैनाथ गरेका पाण्डेले बालेनका सल्लाहकार र पीएको आडमा अन्य कर्मचारीलाई कसरी तर्साएर राखेका होलान् ? सहजै अनुमान गर्न सकिन्छ । पाण्डे, साह र लामिछानेले महानगरको मात्र होइन, वडा तहसम्मको कर्मचारीको सेटिङ मिलाउने गरेका छन् ।
राजु पाण्डे, साह र हरिश्चन्द्रले तयार पारेको कर्मचारी सरुवाको सूची बालेनको टीमले प्रमुख प्रशासकीय अधिकृतलाई थमाउने गर्छ । त्यसपछि ती सरुवा भएका कर्मचारी सन्तोष पाण्डे, सुनिल लम्साल र भूपदेवहरुले चलाउने गरेका छन् । खाद्य परीक्षणमा तीन वटा होटललाई कारबाही गरेको समाचार मिडियामा भाइरल बनाएर अरु १० वटालाई पत्र काटेर पैसा असुल्ने गरिएको छ ।
राजु पाण्डेका विश्वासपात्र नगर प्रहरीका इन्स्पेक्टर इश्वर वाग्लेले सेटिङ मिलाउने र उठाउने जिम्मा पाएका छन् । सन्तोष पाण्डे र भूपदेव साहले तोकेको मानिस पैसा उठाउन जाने गरेका छन् । महानगरमा सन्तोष पाण्डे, सुनिल लम्साल र भूपदेवहरुले सेटिङ मिलाउने र लाभ लिने गरेका छन् । तर तिनै सल्लाहकारको सिफारिसमा कर्मचारीमाथि डन्डा बर्षाउने काम बालेनबाट हुँदैआएकोमा कर्मचारीको चित्तदुखाई देखिएको छ । उनीहरुले गरेका अपराध बालेनले किन नबोलेको भन्ने आवाज उठिरहेको छ ।
एसएसपीको दरबन्दी नै नभए पनि पाण्डे ३ बर्षदेखि हुँदैनभएको पदमा भएको भन्दै फुली लगाउँदैआएका छन् । उनकै आदेशमा महानगरमा नगरप्रहरीले अमानवीय ढंगले साइकल चलाइरहेका युवालाई कवाडी संकलक भनेर यातना दिएको भिडियो नै भाइरल भएको छ । महानगर प्रहरीमा कार्यरत एक महिला प्रहरीलाई पाण्डेले गरेको दुब्यर्वहारबिरुद्ध परेको उजुरीमा समेत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उन्मुक्ति दिएका थिए ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend