Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • देशभर १९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


    मंगलबार, पुष २८ २०७७
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल १९२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा एकजना आइसियु र एकजना जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

    बागमती प्रदेशमा ५५ आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३५ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा छन् ।  सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा र २ जना भेन्टिलेटरमा छन्। हाल देशभर४ हजार ४०८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार