काठमाडौँ । काठमाडौँको मातातीर्थ सबस्टेशनमा आइतबार दिउँसो अचानक भएको आगलागीका कारण अवरुद्ध भएको विद्युत आपूर्ति क्रमशः पुनः सुचारु हुँदैछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार तीन दिनभित्र सबै प्रभावित क्षेत्रमा आपूर्ति पूर्णरूपमा पूर्ववत हुनेछ ।
ब्रेकर प्यानलको स्वीच सञ्चालन गर्दा स्पार्क भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । तर यो ठेकेदारको लापरवाहीबाट मात्रै हो कि कसैले जानीबुझी गराएको हो भन्ने विषयमा तीन सदस्यीय छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाइने प्राधिकरणले जनाएको छ ।
‘घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कारबाही गरिनेछ’ शाक्यले बताए । उनका अनुसार, जलेका उपकरण निर्माण कम्पनीमार्फत् प्रतिस्थापन हुनेछन् भने तत्कालका लागि स्युचाटार सबस्टेशनबाट सेवा रिरोटिङ गरी अधिकांश क्षेत्रमा आपूर्ति बहाल गरिएको छ ।
बूढानीलकण्ठ र चपली सबस्टेशनबाट स्वीचगियर ल्याएर आवश्यक मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।
आगलागीका कारण चन्द्रागिरी आसपासका क्षेत्रमा भएको विद्युत अवरुद्ध सोमबारबाट पुनः सञ्चालनमा आएको शाक्यले स्पष्ट पार्नुभयो ।
यस घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता र प्राविधिक सावधानीमाथि समेत प्रश्न उठाएको छ । प्रणालीको दीर्घकालीन स्थायित्वका लागि व्यापक मूल्यांकन र सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend