मुकेशकुमार यादव
सिरहा । सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
पार्टी प्रती असन्तुष्टि पोख्दै वडा अध्यक्ष लामाले आफ्नो फेसबुक स्टाटसमा वडाध्यक्ष तथा अन्य सबै जिम्मेवारी सहित एमाले पार्टीको साधारण सद्स्य समेत नरहने घोषणा गरेका छन् ।
फेसबुक स्टाटसमा वडाध्यक्ष लामाले पार्टी परित्याग गरेको निर्णयको कारण भने खुलाइएको छैन । तर ,शनिबार सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा एमाले नेता तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टिमा हैकमवादी चलाएको र पार्टीको बिधान विपरीत कनिष्ठहरुलाइ जिल्ला सदस्यमा समावेश गरिको वडा अध्यक्षले जनाएको छ। उनले भने, ´सिरहामा एमाले पार्टी भित्र नातावाद हावी भएको देखिएकोले आफुले राजिनामा दिएको हो। आफू कुनै नेताको दासानुदास बनेर बस्न नसक्ने भन्दै राजिनामा दिएको र यो कुनैपनी हालतमा फिर्ता नलिने बताए।´
लीलानाथ श्रेष्ठ मधेश प्रदेश इञ्चार्ज भएदेखि कार्यकर्ता दबाउने र नातावाद प्रवृत्ति हावीप्रती कार्यकर्ताहरु असन्तुष्ट रहेको देखिन्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend