Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोष्ट गरेको सात घन्टा नबित्दै बालेनले फेसबुकबाट स्टाटस हटाए


    आइतबार, चैत्र ३१ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शनिबार राति ११ बजेपछि सामाजिक संजाल फेसबुकमा राखेको स्टाटस आइतबार बिहान हटाएका छन् ।

    मेयर साहले राति ११ बजेपछि ‘मेरो माया लाग्छ ?’ भन्ने स्टाटस सामाजिक संजालमा राखेका थिए ।

    उनले राखेको स्टाटसमा कमेन्टको बर्षा हुने गर्दछ । शनिबार राति पनि कमेन्ट ह्वारह्वार्ती आएका थिए । अधिकांश कमेन्ट ‘उधुमै लाग्छ नि’ भनेर लेखिएका थिए । तर आइतबार बिहानै साहको उक्त कमेन्ट डिलिट भएको छ ।
    मेयर साह र उनको संरक्षणमा रहेका नगर प्रहरीका कामु एसएसपी राजुनाथ पाण्डे, उनका पीए भूपदेव शाह र उनको जम्बो सल्लाहकार टीमको अपारदर्शीताका बारेमा एकपछि अर्को अनियमितता प्रकरण सार्वजनिक भइरहेका छन् ।

    बालेनका उल्लेखित टीमले लगाएको काम गर्दागर्दै पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हचुवाका भरमा ‘भ्रष्टाचारी’ भन्दै कार्यकक्षमा तालाबन्दी गरेको बिषयले गम्भीररुप लिएर तीन महिनासम्म कर्मचारीले तलव नै खान पाएनन् ।

    काठमाडौं भ्यूटावरमा गरेको डिल नमिलेपछि दोषजति प्रमुख प्रशासकीय अधिकृततिर पन्छाएर पानीमाथिको ओभानो बन्ने खोजेका बालेनका पीए भूपदेव, कामु एसएसपी पाण्डे, सल्लाहकार सन्तोष पाण्डे, सुनिल लम्सालहरुले उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर कर्मचारी, उपमेयर र वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएपछि बालेन साहको स्टन्टबाजी उदांगिंदै गएको छ । त्यही भएर उनले ‘माया लाग्छ’ भनेर लेखेका थिए । तर त्यो पनि ७ घन्टा नबित्दै डिलिट गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार