Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमन्त्री त्रिपाठीले भने-फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछ


    सोमबार, पुष २७ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन महिनामा कोभिड भ्याक्सिन आउने संकेत दिएका छन्।

    स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले  यस्तो संकेत गरेका हुन्।

    उनले व्यंग्यात्मक रुपमा भने,‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ। यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ।’

    पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै  फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्।

    उनले समयमै कोभिड भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने समेत बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार