Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • देशभर २४ घण्टामा ४ सय ८१ कोरोना संक्रमित थपिए


    सोमबार, पुष २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५८ हजार ९६८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९२७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार