Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • सेनाका जवानमाथि कुटपिट गर्ने अधिकृतलाई कारबाही


    सोमबार, पुष २७ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको सैनिक अदालतले कंगोमा जवानमाथि कुटपिटमा संलग्न अधिकृतलाई कारबाही गरेको छ । कारबाही हुनेमा तीन जना अधिकृत रहेका छन् भने ६ जना अन्य दर्जाका रहेका छन् ।

    तल्लो दर्जाका सैनिक अधिकृतहरुलाई कुटपिट गर्ने तीन जना सैनिक अधिकृतहरुलाई एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ । गत असोज ८ गते कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

    मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको थियो ।

    कंगोमा भएको घटनापछि नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैनिक आचारसंहिता अवज्ञा गर्नेलाई कारबाही गर्ने जनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार