Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • ६० लाख जनताका लागि भारतसँग खोप किन्ने तयारी, महामारी नियन्त्रणमा खट्नेलाई पहिलो प्राथमिकता


    आइतबार, पुष २६ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भारतको सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरिरहेको एस्ट्राजेनेका र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खरिदका लागि छलफल गरिरहेको छ । यी भ्याक्सिनले भारतमा इमर्जेन्सी भ्याक्सिनेसनका लागि अनुमति पाइसकेका छन् । नेपालले मूल्यलगायत विषयमा औषधि उत्पादक कम्पनीसँग समन्वय गरेर सहजीकरण गरिदिन भारतलाई आग्रह गरेको थियो । तापक्रम मिल्ने र नेपालले स्टोरेज गर्न सक्ने भएकाले पनि यी दुई कम्पनीका खोप ल्याउन सरकारले द्विपक्षीय छलफल गरिरहेको छ ।

    सरकारले कुल जनसंख्याको २० प्रतिशत नागरिकलाई पुग्ने गरी भारतबाट खोप खरिद गर्ने तयारी गरिरहेको छ ।  

    भारतले महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका नौ लाख स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ मजदुरलगायतलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । सरकारले कुल जनसंख्याको २० प्रतिशत नागरिकलाई पुग्ने गरी भारतबाट खोप खरिद गर्ने तयारी गरिरहेको छ ।

    यसैबीच, भारतले नेपालका तीन प्रतिशत जनसंख्यालाई पुग्ने खोप पनि अनुदानमा दिने जनाएको हो । १ माघमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्नुअघि नै भारतले खोप उपलब्ध गराउने घोषणा गर्ने जानकारी सरकारलाई प्राप्त भएको स्रोतको भनाइ छ । 
     सरकारले कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका नौ लाख स्वास्थ्यकर्मी सुरक्षाकर्मी, सरसफाइ मजदुरलगायतलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ ।  

    ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणअघि नै भारत सरकारका तर्फबाट अनुदानमा खोप उपलब्ध गराउने घोषणा हुने जानकारी आएको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘भारतले आफ्ना स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी तथा सफाइकर्मीलाई एक सातापछि खोप दिन सुरु गर्दै छ, त्यही आसपासमा नेपालका लागि पनि उसले खोप दिने घोषणा गर्ने जानकारी आएको छ । दिल्लीस्थित नेपाली दूतावासले यस विषयमा समन्वय गरिरहेको छ ।’

    परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन १ माघमा नयाँदिल्ली जाँदै छन् । भारतले आश्वासनअनुसार खोप उपलब्ध गराएमा सरकारले बाँकी १७ प्रतिशत जनसंख्यालाई पुग्ने गरी भारतबाट खोप खरिद गर्नेछ ।

    भारत बायोटेकको कोभ्याक्सिनको तेस्रो चरणको परीक्षणको तथ्यांक नै सार्वजनिक नभएकोमा भारतमै प्रश्न उठेका छन् । भारतमा १६ जनवरीबाट राष्ट्रव्यापी रूपमा कोरोना खोप कार्यक्रम सुरु हुने भएको छ । भारत सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी शिक्षामा काम गर्ने जनशक्ति तथा प्रहरीलगायत गरी तीन करोडलाई खोप लगाउने जनाएको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार