काठमाडौं । सरकारले एक साताअघि चैत ११ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) को कार्यकारी अधिकृत(सीईओ)मा नारद लुईटेललाई नियुक्ति गरेको समाचार सार्वजनिक भयो । तर सरकारका प्रवक्ता संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेको मन्त्रिपरिषदका निर्णयमा नेप्सेको सीईओ नियुक्ति गरेको उल्लेख थिएन ।
स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्रीको नियुक्ति भएको निर्णय भए पनि लुईटेलको निर्णय थिएन । लुईँटेलको नियुक्ति भएको समाचार मन्त्रीहरुसँग सोधेर प्रायः सबै मिडियाले लेखेका थिए । तर चैत १८ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओमा चुडामणि चापागाईलाई नियुक्त गरेको छ ।
सर्टलिष्टिङमा परेका ५ जनामध्ये उत्कृष्ट कार्ययोजना पेश गरेका लुईटेलको नियुक्ति गर्ने चैत ११ गते रातिको मन्त्रिपरिषदको निर्णयपछि उनलाई नियुक्ति रोक्न आईएमई ग्रुपका मालिक तथा उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नै लागे । उनले अर्थमन्त्रालयका सहसचिव तथा नेप्सेका अध्यक्ष शोभाकान्त पौडेललाई लुईटेलको नियुक्ति रोक्नका लागि प्रयोग गरेका थिए । त्यसपछि मुख्यसचिव एकनारायण अर्याललाई ढकालले कुनै हालतमा नियुक्ति नदिनका लागि गुहारे ।
मुख्यसचिवका आफन्तलाई लण्डनमा ब्यापारीक रुपमा सहयोग गरेका ढकालको अनुरोधमा उनले नियुक्ति रोके । मंगलबार लुईटेलले नियुक्तिपत्र पाएनन् । त्यसपछि अर्थमन्त्रालयको एक समूह जसलाई डा. युवराज खतिवडाको संरक्षण छ, सो समूहले चन्द्र ढकालको सेटिङ अनुसार लुईटेललाई रोकेरै छाडे । लुइँटेलको नियुक्ति निर्णय भयो, तर माइन्यूट प्रमाणित भएन । र, नियुक्ति पत्र मुख्यसचिवले नै दिएनन् ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बिचौलियाको प्रभावमा नपरी गरेको नियुक्ति ब्यापारी ढकालको योजनामा तुहाइयो । र, चैत १८ गते ढकालको स्वार्थ अनुसार प्रयोग हुने चुडामणि चापागाईंलाई नियुक्ति गरियो । तारागाउँ विकास समितिको अध्यक्ष हुँदा हयात रिजेन्सी होटलले गैरकानुनीरुपमा कब्जा गरेको १४८ रोपनी जग्गाको बिषय र सरकारको नाममा रहेको सेयर होटल अडिट गर्दा घाटामा देखाएर ३९ प्रतिशतबा ९ प्रतिशतमा झार्यो भन्ने सबै कर्तुत सार्वजनिक गरेर चर्चामा आएका लुइँटेल आफ्नो स्वार्थमा नचल्ने बुझेपछि चन्द्र ढकालले मुख्यसचिव प्रयोग गरी उनलाई रोकेका छन् । भइसकेको नियुक्ति रोक्ने मुख्य भूमिका नै ढकालमार्फत् प्रभावित भई मुख्यसचिव अर्यालले गरेको आरोप छ ।
नेप्सेमा ढकालको स्वार्थ के हो ?
दसौं बर्षदेखि वाइको कम्पनी प्रालिको सफ्टवेयर खरिद गरी नेप्सेको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) संचालन हुँदैआएको छ । वाइको कम्पनी आईएमई गु्रपका मालिक चन्द्र ढकालको हो । जुन सफट्वेयरका कारण बारम्बार नेप्सेको टीएमएसमा बारम्बार समस्या आउने गरेको छ । पटक–पटक टीएमएस नै नचल्ने तथा अर्डर म्याच नहुने जस्ता समस्या देखिएका छन् ।
वाइकोको सफ्टवेयरका कारण बारम्बार समस्या आएको भन्दै लगानीकर्ताबाट बिरोध हुँदैआएको छ । पटक पटक समस्या आउने र सेयर अनलाइन कारोबारको जिम्मा एउटा ब्यापारीक कम्पनीलाई दिँदा हुने गडबडी छताछुल्ल हुने भएपछि चन्द्र ढकालले लुइँटेललाई नियुक्त गर्ने भइसकेको निर्णय नेप्सेका अध्यक्ष तथा अर्थमन्त्रालयका सहसचिव शोभाकान्त पौडेल र मुख्यसचिव अर्याललाई प्रभावमा पारी रोक्न लगाएको खुलासा भएको छ ।

नेप्सेमार्फत् हुने अनलाइन शेयर कारोबार प्रणाली भने स्वयं नेप्सेको हातमा छैन । चन्द्र ढकालको वाइको कम्पनीको कब्जामा छ । सफ्टवेयरमार्फत् सेयर कारोबार नै तलमाथि गर्ने काम समेत हुँदैआएको आरोप छ ।
सेयर कारोबार नेप्सेले नै कारोबार गराउँछ भन्ने सोचाई आमनागरिक र सेयरमा चासो राख्नेहरुको छ । आधिकारिक निकाय पनि नेप्से नै हो । तर अनलाइन कारोबारको सम्पूर्ण साँचो अझै पनि ढकालको वाइकोसँगै छ । अनलाइन कारोबारमा हुने सम्पूर्ण गतिविधि वाइकोले नै सञ्चालन गर्ने गर्दछ । वाइको कम्पनीको अनलाइन कारोबारका बारेमा लगानीकर्ताले पटक पटक बिरोध गर्दैआएको अवस्थामा ढकालले ठूलो चलखेल गरी रोक्न सफल भएका छन् । ढकालको सेटिङ अनुसार लुइँटेल नचल्ने र वाइकोको सफ्टवेयरको गडबडी र आइरहेका समस्याका बारेमा छानबिन गर्ने भएपछि उनलाई रोक्न उनले अस्वभाविक चलखेल गरी आफ्ना सेटिङमा चल्ने सर्तमा चापागाईलाई नियुक्त गराउन सफल भएका छन् । चैत १७ गते आइतबार साँझ द्वारिका होटलमा बसेको चन्द्र ढकाल, मुख्यसचिव एकनारायण अर्याल र श्रम सचिव कृष्णहरि पुस्कर र शोभाकान्त पौडेलको सल्लाहअनुसार चापागाईलाई नियुक्त गरिएको स्रोतको दाबी छ ।
फेक वीमाकाण्डमा मुछिएका चापागार्ईंलाई नेप्सेको जिम्मा
सेयर कारोबार आफ्नो सफ्टवेयरमार्फत् गराएर हेराफेरी गराउँदैआएका ढकालको सेटिङमा नेप्सेको सीइओमा नियुक्त भएका चुडामणि चापागाई ‘फेक बीमा काण्ड’मा मुछिएको खुलासा भएको छ । नारद लुइँटेलको भइसकेको नियुक्ति उल्ट्याएर सेटिङ मिलाई चापागाईं नियुक्त भएपछि उनको फेक वीमा प्रकरण पनि उजागर भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट करोडौंको फेक पोलिसी जारी गरी वीमा शुल्क नआउँदै वीमितले सरेन्डर गरी रकम फिर्ता लिइएको थियो । फेक बीमा गरेकोमा चापागाईंमाथि छानबिन समिति नै बनाएर कारबाही गर्ने तयारी भएको थियो । फेक वीमा पोलिसी जारी गरेको अभियोगमा कारबाही गर्न लागिएका तिनै चापागाईंलाई सरकारले सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को सीईओ बनाएर सम्मान गरेको छ ।
काठमाडौं । मधेश प्रदेशको आपूर्ति केन्द्रबाट भएको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नै बाधक बनेका छन् । मधेश...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । अवकाशपछि पनि बिभिन्न आर्थिक तथा राजनीतिक मुद्दा सेटिङ गरेको सूचनापछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले गएको असोज ११ गते राति एक दिन नियन्त्रणमा...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सुशासनका पक्षमा कटिबद्ध देखिन्छन् । उनी आफ्ना सल्लाहकारदेखि आफन्तैले गल्ती गरे पनि छाड्ने पक्षमा छैनन् । तर, सुशासनकै उपहास...
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याउने र ह्याकिङ गरी बोलपत्र कब्जा गर्ने ८ व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend