काठमाडौं । चौतर्फी बिरोधका बीच नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गराउन सफल बिचौलिया दीपक भट्टले नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा पनि आफूले चाहेकै ब्यक्ति नियुक्ति गराउने गरी पदपूर्ति समिति गठन गराउन सफल भएका छन् ।

नेप्सेको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको समितिमा भट्टको इशारामा चल्ने संयोजक र विज्ञ सदस्य बनाइएको छ । भट्टले नेप्सेको कार्यकारी अधिकृत निर्देशक छनोटका लागि गठन भएको पदपूर्ति समितिमा आफूअनुकूलका अधिकारीहरुलाई राख्न सफल भएका छन् । भट्टसँग निकट रहेका र भन्सार र राजस्वमा बसी तर मारेका अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेप्सेको कार्यकारी निर्देशक छनोट समितिको संयोजक बनाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको समितिमा अर्थमन्त्रालयका अर्का सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल रहेका छन् ।
कृष्णबहादुर कार्कीको कार्यकाल गएको माघ २५ गते पूरा भएपछि नेप्सेको कार्यकारी निर्देशक पदरिक्त भएको थियो । कार्कीलाई पनि बिचौलिया भट्टले नै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा नियुक्ति गराएको आरोप लागेको थियो ।
वीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा पनि भट्टकै चलखेलमा शरद ओझालाई नियुक्ति गर्नेगरी सर्टलिष्टिङ गरिसकिएको छ । ओझालाई वीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गराउन विनियमावली नै मन्त्रिपरिषदबाट संशोधन गराइएको खुलासा भएको छ । यसअघि सूर्यप्रसाद सिलवाललाई प्राधिकरणको अध्यक्ष बनाएर भट्ट र सुलभ अग्रवालले हिमालयन पुनर्वीमा कम्पनीको लाइसेन्स लिएका थिए । हिमालयन पुनर्वीमा कम्पनीलाई प्रिमियम राखेर आईपीओ जारी गर्नसमेत अनुमति लिएका थिए । सिलवालले भट्टकै सेटिङमा ७ वटा लघुवीमा कम्पनीलाई लाइसेन्स दिएका थिए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend