देशभर हाल १ हजार ३ सय ८९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
४ हजार ६ सय ८१ सक्रिय संक्रमितमध्ये १ हजार ३ सय ८९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार २ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा १ सय ८४, प्रदेश २ मा ६३, बागमती प्रदेशमा २ सय ४४, गण्डकी प्रदेशमा ३ सय १४, लुम्बिनी प्रदेशमा ३ सय ९९, कर्णालीमा ८ र सुदूरपश्चिममा १ सय ७७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।