Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छः उपप्रम पोखरेल


    बिहिबार, पुष २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताउनुभएको छ ।

    सिन्धुपाल्चोकको खाडीचौरमा आज आयोजित  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताउनुभयो। 

    ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उहाँले वैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गर्नुभयो । 
    कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा लामाले वैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार