काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्षमा धनिराम शर्मा नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई अध्यक्ष बनाउने प्रयास भएको भन्दै चर्काे विरोध भएको थियो । बैंकका अध्यक्षमा निर्मलहरि अधिकारीलाई राजस्व बोर्डमा पठाएपछि अध्यक्ष पद रिक्त थियो ।
नेपालफेसले नै पोखरेलले सम्धीलाई बाणिज्य बैकको अध्यक्ष बनाउनका लगि गत भदौमा सचालक समिति सदस्य बनाएको समाचार सार्वजनिक गरेको थियो ।
पोखरेलका सम्धी कोइराला यसअघि नेकपाका नाममा ६ पटक नियुक्ति पाइसकेका पात्र हुन । बाणिज्य बैकमा उनकाे सातौ नियुक्ति हो ।