Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषधसहित एक पक्राउ


    बिहिबार, पुष २३ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वाग्मती । मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको छ ।

    इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको वडा नं ७ स्थित मनहरि खोलाको बगरबाट उक्त परिमाणको गाँजासहित उहाँलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

    खोलाको बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखिएपछि शङ्का लागेर प्रहरीले झोला जाँच गर्दा गाँजा बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार