काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ ।
यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ।
साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ।
वास्तवमा होलीको बिदामा जस्टिस वर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला पारेको थियो ।
स्रोतका अनुसार सीजेआइ सञ्जीव खन्नाले मुद्दाको बारेमा जानकारी पाएपछि ५ सदस्यीय कलेजियमले उनलाई सरुवा गर्ने निर्णय गरेको हो, यद्यपि यो सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको छैन।
उता, हाईकोर्ट बार एसोसिएसनले न्यायाधीश वर्मालाई इलाहाबाद फिर्ता सरुवा गरेकोमा विरोध गरेको छ। कलेजियमको निर्णय पछि उनीहरूले भनेका छन, के हामी डस्टबिन हौं रु’
कलेजियमले आकस्मिक बैठक बोलाएको थियो । स विषयमा जानकारी प्राप्त हुने बित्तिकै मुख्य न्यायाधीश संजीव खन्नाले कलेजियमको आपतकालीन बैठक बोलाए र सरुवासम्बन्धी प्रस्ताव पारित गराए । यद्दपी, उनको सरूवाका बारेमा कुनै जानकारी अपलोड गरिएको छैन । आन्तरिक अनुसन्धान पनि भइरहेको जनाइएको छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend