काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही रहेका प्रहरीले जनाएकाे छ। प्रहरीले उनीहरूकाे साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद गरेकाे छ ।
प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई काठमाडाैंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका डीएसपी प्रमिश विष्टले जानकारी दिए ।