Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा ४ सय ९ काेराेना संक्रमित थपिए


    बुधबार, पुष २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्।

    गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ। 

    बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। 

    गत २४ घण्टामा ४ सय ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार