काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम प्रतिगमनकारी र अलोकतान्त्रिक रहेको बताउँदै अनेरास्ववियूले आज (मंगलवार) बाट विभिन्न विरोधका कार्यक्रमहरु घोषणा गरेको छ ।
जसअनुसार आज मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम रहेको अनेरास्ववियूको सहसंयोजक रञ्जित तामाङले जानकारी दिए । त्यस्तै पुस २२ गते अर्थात भोलि काठमाडौं उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस गर्ने कार्यक्रम रहेको तामाङले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
यसैबीच विरोधका कार्यक्रमहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउने तथा धरपकड गर्ने लगायतका कामहरु नगर्न समेत चेतावनी दिएको छ । यसैबीच संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चंदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरतापुर्ण कार्य नगर्न चेतावनी दिन चाहन्छौं। जारी विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियूले सार्वजनिक गरेकाे दोस्रो चरणका कार्यक्रमहरु :
पुस २१ गतेदेखि- ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने
पुस२१ गते- प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।
पुस २२ गते- उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस ।
पुस २३ गते- देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।
पुस २४ गते- सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।
पुस २५ गते- असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।
पुस २६ गते- बयलगाडा प्रदर्शन।
पुस २७ गते- प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।
पुस २८ गते- सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ)।
पुस २९ गते- सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन।
त्यस्तै तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिने समेत बताइएको छ ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend